काठमाडौं । कोरोना विरुद्धको भेरोसेल दोस्रो डोज खोप अन्तरगत काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप सञ्चालन भएका छन् ।
महानगरको पुर्व उत्तर कुनामा घनाबस्ती भएको वडा नं ६ मा आज पहिलो दिन १३०० जनाले खोप लगाएका छन् । खोप लगाउनेमा ६२७ जना महिला र ६७३ जना पुरुष रहेका वडा सदस्य जयराम पुडासैनीले बताए ।
वडाले खोप अभियान अन्तरगत भेरोसेल दोस्रो डोजका लागि अरुणीमा कलेज कुमारीगालबाट खोप संचालन गरेको छ ।
खोपकेन्द्रमा वडा जनप्रतिनिधि एवं सांसद छिरिंग लामाको सक्रियताका कारण सहज ढंगले खोप लगाउन पाइएको स्थानियको भनाई छ ।
