एक वर्षमा २८ हजार सवारीसाधन कारवाहीमा

एक वर्षमा २८ हजार सवारीसाधन कारवाहीमा

२०७८, श्रावण २४ आइतवार

  • 1.7K
    SHARES

  • एक वर्षमा २८ हजार सवारीसाधन कारवाहीमा

    चन्द्रौटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले एक वर्षमा २८ हजार ७८८ सवारीसाधनलाई कारवाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

    उक्त कारवाहीमा परेका सवारीसाधनबाट रु एक करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कूल १६ हजार ८७ सवारी कारवाहीमा परेका थिए । त्यसबाट रु ८८ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो ।

    सवारीसाधन कारवाही भएकामध्ये सबैभन्दा बढी ट्रक छन् । ट्रक मात्र २१ हजार ७८३ कारवाहीमा परेका छन् । दोस्रोमा मोटरसाइकल तीन हजार २८८ कारवाहीमा परेका छन् । त्यसैगरीे कारवाहीमा परेका जीप, कार दुई हजार २९१, बस ४७१ रहेका छन् भने ट्याक्टर ६८३ र अटोरिक्सा २७२ गरी कूल २८ हजार ७८८ सवारीसाधन कारवाहीमा परेका प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

    ट्राफिक नियम उलङ्घन गरी सार्वजनिक यातायातमा सिट भन्दा बढी यात्रु बोक्नु, कागजात नवीकरण नगरेको, हेल्मेट प्रयोग नगरेको, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेको सवारीलाई कारवाही गरी राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी नायब निरीक्षक हरिबहादुर जिसीले बताए । 

    प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३२ सडक दुर्घटना भएकामा ७४ व्यक्तिको मृत्युु भएको छ भने १४७ व्यक्ति घाइते भएका थिए । 

    २०७८, श्रावण २४ आइतवार०२:२१:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार