मास्क नलगाउनेलाई कारवाही

मास्क नलगाउनेलाई कारवाही

२०७८, श्रावण २४ आइतवार

  • 1.0K
    SHARES

  • मास्क नलगाउनेलाई कारवाही

    गण्डकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ ।

    यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा  सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे  जानकारी  गराइएको  ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

    उनका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो ।

    मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप रू एक लाख ३७ हजारसङ्कलन गरिएको उनले बताए । 

    २०७८, श्रावण २४ आइतवार०४:०६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार