लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार

२०७८, श्रावण २५ सोमवार

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकर (दरपीठ) गरेको छ ।

    अधिवक्ता प्रवेश केसीले आइतवार प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस गरेको रिट निवेदनलाई सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको हो ।

    प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख शेरचनले यही २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो ।  

    २०७८, श्रावण २५ सोमवार०७:३८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार