काठमाडौं ६ तारासदन केन्द्रमा पहिलो दिन ६६८ ले लगाए अस्ट्राजेनेका 

काठमाडौं ६ तारासदन केन्द्रमा पहिलो दिन ६६८ ले लगाए अस्ट्राजेनेका 

२०७८, श्रावण २५ सोमवार

  • 4.1K
    SHARES

  • काठमाडौं ६ तारासदन केन्द्रमा पहिलो दिन ६६८ ले लगाए अस्ट्राजेनेका 

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ स्थित तारासदन केन्द्रमा ६६८ जनाले अस्ट्राजेनेका खोप लगाएका छन् । जसअन्तरगत ३६८ महिला र ३०० पुरुष नागरिक रहेका छन् ।  

    लामो समयको खोप पर्खाइले चिन्ता पारेको अवस्थामा कोभिड खोप लगाउन पाउँदा ज्येष्ठ नागरिक दंग देखिन्थे । ज्येष्ठ नागरिकलाई बसेर पालो पर्खने व्यवस्था मिलाएकोमा वडाका जनप्रतिनिधि र विद्यालय परिवारलाई धन्यवाद दिँदै खोप लगाएर ज्येष्ठ नागरिक फर्केको देख्दा रमाइलो नमान्ने कमै थिए ।   

    २०७७ चैत्रमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख व्यक्तिलाई जापान र भुटान सरकारले उपलब्ध गराएको अस्ट्राजेनेका खोप आजबाट देशभर लगाउन शुरु गरिएको हो । 

    कोभिशिल्डको दोस्रो डोज १२ सातामा लगाउनुपर्ने भएपनि नेपालले खरिद गरेको १० लाख खोप भारतले उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।

    खोप अभियान भोलि श्रावण २६ गते सम्म चल्ने काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

    khop3.jpgkhop2.jpg

    २०७८, श्रावण २५ सोमवार०८:४०:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार