काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको छ ।
जस अन्तरगत शिक्षा व्यापारमा लागेका भरत गिरी सम्बद्ध दुइ कम्पनि युनिभर्सल स्कुल र मैतिदेवी प्लाजा समेत परेका छन् ।
महानगरपालिकाले आज नाम सार्वजनिक गर्दै ३० दिनभित्र करको विवरण, कर र जरिवाना अनिवार्य बुझाउन सार्वजनिक सूचना गरेको छ ।
यसरी तोकिएको समयभित्र विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने समेत तयारी गरिएको महानगरले जनाएको छ ।
यस्तै शिक्षासँग सम्बद्ध सिद्धार्थ वनस्थली स्कूल र ह्वाइट फिल्ड स्कूल समेत उक्त सूचिमा परेका छन् ।