दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२०७८, श्रावण २६ मंगलवार

  • 1.1K
    SHARES

  • दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    मुग्लिन । चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार नगरपालिका–४ बस्ने वर्ष २६ को सुशील पोखरेलको मृत्यु भएको हो ।

    पोखरेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं  प्रहरी नायब उपरीक्षक  सूर्यबहादुर थापाले जानकारी दिए । उनका  अनुसार  दुर्घटनामा परी  दुई घाइते भएका छन् ।

    घाइते हुनेमा बा ४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्ने वर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडि सवार सोही स्थानका २१ वर्षीयको जय कार्की रहेका छन् ।  

    २०७८, श्रावण २६ मंगलवार०२:५५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार