निषेधाज्ञा उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

निषेधाज्ञा उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

२०७८, श्रावण २७ बुधवार

  • 1.3K
    SHARES

  • निषेधाज्ञा उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

    वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई कारबाही गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।  

    उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने एक सय २३ जनालाई प्रतिव्यक्ति रु एक सयका दरले जरिवाना लिएर कारबाही गरेको छ । यसैगरी प्रहरीले आज आठ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

    २०७८, श्रावण २७ बुधवार०७:५७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार