माइकमा करेन्ट प्रवाह भई दुई भजनकीर्तन मण्डलीको मृत्यु

माइकमा करेन्ट प्रवाह भई दुई भजनकीर्तन मण्डलीको मृत्यु

२०७८, श्रावण २७ बुधवार

  • 1.3K
    SHARES

  • माइकमा करेन्ट प्रवाह भई दुई भजनकीर्तन मण्डलीको मृत्यु

    धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

    मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    २०७८, श्रावण २७ बुधवार०८:४५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार