बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिने तयारीमा रहेका छन् । अहिले केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक पछि पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका वैजनाथ चौधरीले यसअघि मंगलबार बेलुका आज संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए । तर उनले राजीनामाको विषय नखुलाए पनि अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए ।
विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले आज १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन् ।