काठमाडौं । साझा प्रकाशनको महाप्रबन्धक परिवर्तन भएका छन् । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारको अकर्मण्यताका कारण ४ वर्षे पदावधिलाई डेढ वर्षमै निवर्तमान बन्न पुगेका होम प्रसाद गौतमले आफ्नो कार्यकाल टुङ्ग्याएका हुन् ।
उनलाई शुरुमै नियुक्ति दिॅदै ३ महिनाको नियुक्ति दिएर समयमै पदावधि समय नथपिएकाले गौतम बहिर्गमनमा परेका हुन् ।
सरल स्वभावका धनी, भ्रष्टाचार विरुद्धमा खरो उत्रने स्वभाव भएकै कारण भ्रष्टाचारले थिलथिलो बनाएको साझालाई आकर्षणको केन्द्रबिन्दु बनाएर गौतम बाहिरिएका छन् ।
घॉसे चौर र जंगल जस्तो बेहाल अवस्थामा रहेको साझालाई वास्तवमै साहित्यिक केन्द्र बनाउनमा आफनो प्रयास रहेको गौतमको भनाइ थियो । सरकारी खर्चलाई मितव्ययी नबनाउने हो भने राज्य कंगाल बन्ने चेतावनी समेत गौतमले विदाई मन्तव्यमा राखेका थिए ।

लामो समयदेखि हुननसकेको साधारण सभा सम्पन्न गर्नुका साथै नयाँ कार्यसमिति निर्माण गरेर गौतम साझाबाट बाहिरिएका छन् ।
त्यस्तै सरकारले प्रल्हाद पोखरेललाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ । निवर्तमान गौतमलाई बिदाई तथा नवनियुक्त पोखरेललाई स्वागत कार्यक्रममा साझाका पदाधिकारी एवं कर्मचारीहरुको उपस्थितीले साझा अझै साहित्यको थलो बन्नसक्छ भन्ने भावना पुनः जागृत गरेको देखिन्थ्यो ।
साझाको उन्नयनका लागि सबै एकजुट भएर लाग्न सकौँ शुभकामना मन्तव्यमा नवनियुक्त पोखरेलले भनेका थिए ।
पॉचवटा मन्त्रालयको हात साझामा हुॅदा पनि यस्तो हालतको साझा हुनुमा धेरै पक्ष जिम्मेवार रहेका अध्यक्ष डा विजय सुब्बाले आक्रोश मिश्रित भावमा बताए । समृद्ध साझा बनाउन चाहने आफ्नो अठोटमा मन्त्रालयले साथ दिनुपर्ने सुब्बाले थपेका थिए ।