गण्डकी प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

गण्डकी प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

२०७८, श्रावण २९ शुक्रवार

  • 1.3K
    SHARES

  • गण्डकी प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

    गण्डकी । गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेपाली काङ्ग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएका छन् । संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

    यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएका हुन् । यस अघि गौतम सचेतक रहेका थिए । 

    यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका छन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त बनेका हुन् ।

    काङ्ग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर गरिएको हो ।

    २०७८, श्रावण २९ शुक्रवार०७:५२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार