दुर्घटना छानविन गर्न गृहद्वारा समिति गठन

दुर्घटना छानविन गर्न गृहद्वारा समिति गठन

२०७८, श्रावण ३० शनिवार

  • 1.1K
    SHARES

  • दुर्घटना छानविन गर्न गृहद्वारा समिति गठन

    काठमाडौँ । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

    समितिमा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी सहभागी छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको गृहमन्त्रालयले शुक्रवार एक सूचना जारी गरी जनाएको छ ।

    यही साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय अगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा सोही कार्यालयमा कार्यरत तनहुँ निवासी प्रहरी निरीक्षक वाग्ले गम्भिर घाइते भएकामा उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।

     

     

    २०७८, श्रावण ३० शनिवार०८:०८:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार