रहेनन् धानबाली विशेषज्ञ बस्नेत

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

२०७८, श्रावण ३० शनिवार

  • 1.1K
    SHARES

  • रहेनन् धानबाली विशेषज्ञ बस्नेत

    काठमाडौँ । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । 

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।  
     
    नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन् । 

    २०७८, श्रावण ३० शनिवार०४:१७:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार