‘विचार र सिद्धान्तका आधारमा पार्टी अघि बढ्छ’

‘विचार र सिद्धान्तका आधारमा पार्टी अघि बढ्छ’

२०७८, श्रावण ३१ आइतवार

  • 1.4K
    SHARES

  • ‘विचार र सिद्धान्तका आधारमा पार्टी अघि बढ्छ’

    गण्डकी । गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढ्ने बताएका छन् । 

    नेकपा (एमाले) पोखरा– १७ वडा कमिटी कार्यालयको आज डेमसाइडमा उद्घाटनसँगै पार्टी विस्तारित बैठकमा उनले पार्टी निर्माणमा एकताबद्ध भएर जुट्न कार्यकर्तालाई निर्देशन दिए । 

    निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध पानी र माछा जस्तै हुनुपर्ने उल्लेख गर्दै उनले नेकपा (एमाले)ले शुरु गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानलाई जनताको घरघरमा पुर्याउनुपर्नेमा जोड दिए । 

    पार्टीका जिल्ला सचिव दामोदर बैरागीले निकट भविष्यमा हुने पार्टी महाधिवेशनसँगै मुलुकमा हुने तीनै तहका निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे । 

    नेकपा (एमाले) पोखरा महानगर कमिटी अध्यक्ष दिपक पौडेलले पार्टीको आन्तरिक जीवनलाई मजबुद बनाउन प्रत्येक कार्यकर्ता उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । पार्टी वडा कमिटी १७ का अध्यक्ष सुभास ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

     

    २०७८, श्रावण ३१ आइतवार०७:५५:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार