चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

२०७८, श्रावण ३१ आइतवार

  • 1.4K
    SHARES

  • चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

    हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ ।

    छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । 

    प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनको चामल, पिठो, दाल, नून, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखाका कर्मचारीले २० प्रतिशत छुटमा बिक्री नगरी पुरानै मूल्यमा बिक्री गरेको समाचार प्रकाशन भएको थियो ।

    २०७८, श्रावण ३१ आइतवार०१:५१:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार