पेट्रोलपम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड !

पेट्रोलपम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड !

२०७८, श्रावण ३२ सोमवार

  • 1.1K
    SHARES

  • पेट्रोलपम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड !

    काठमाडौँ । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो ।

    तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ ।

    पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

    आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    २०७८, श्रावण ३२ सोमवार०८:००:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार