वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्दै

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्दै

२०७८, श्रावण ३२ सोमवार

  • 1.1K
    SHARES

  • वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्दै

    मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।

    उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

    यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो । 

    २०७८, श्रावण ३२ सोमवार०१:२५:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार