प्रदेश नं २ का प्रदेश प्रमुखमा मिश्र

प्रदेश नं २ का प्रदेश प्रमुखमा मिश्र

२०७८, भाद्र १ मंगलवार

  • 1.1K
    SHARES

  • प्रदेश नं २ का प्रदेश प्रमुखमा मिश्र

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

    उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा  मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

    यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)खण्ड (ख)बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    २०७८, भाद्र १ मंगलवार०१:५६:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार