प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न एमालेको पत्र

प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न एमालेको पत्र

२०७८, भाद्र १ मंगलवार

  • 1.0K
    SHARES

  • प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न एमालेको पत्र

    रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ । 

    सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भूमिश्वर ढकालले जानकारी दिए । शाही प्रदेश सरकारका विना विभागीयमन्त्री हुन् ।

    शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए भने वली २०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३(ख)बाट उपनिर्वाचनमा निर्वाचित भएका थिए । 

    शाहीले आफूलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएका छन् । 

    २०७८, भाद्र १ मंगलवार०३:११:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार