बाछी काटेको अभियोगमा तीन पक्राउ

बाछी काटेको अभियोगमा तीन पक्राउ

२०७८, भाद्र २ बुधवार

  • 1.6K
    SHARES

  • बाछी काटेको अभियोगमा तीन पक्राउ

    गण्डकी । गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् ।

    पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँधेको क्रस गाईको बाछी काटेको  अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन् ।

    बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवउ पोखरेलले जानकारी दिए । 

    २०७८, भाद्र २ बुधवार०८:२०:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार