मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा

२०७८, भाद्र २ बुधवार

  • 1.2K
    SHARES

  • मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा

    बागमती । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ ।  

    संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् । पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

    प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । 

    यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । 

    २०७८, भाद्र २ बुधवार०५:२०:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार