बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

२०७८, भाद्र ४ शुक्रवार

  • 1.1K
    SHARES

  • बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

    वाग्मती । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्किएका छन् । 
    मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् । उनले ४२ महिना सरकार चलाएका थिए । 

    बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् । उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए । 

    उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् । 

    भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा
    गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।

    प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    २०७८, भाद्र ४ शुक्रवार०९:१५:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार