मनपरी भाडा असुल्दै सार्वजनिक सवारी

मनपरी भाडा असुल्दै सार्वजनिक सवारी

२०७८, भाद्र ४ शुक्रवार

  • 901
    SHARES

  • मनपरी भाडा असुल्दै सार्वजनिक सवारी

    सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँसम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेको छ ।

    सिमकोटदेखि खार्पुसम्म जम्मा ११ किलोमिटर दूरीमा यहाँका जीप तथा बोलेरो जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको स्थानीयवासी कुम्मेर हमालले गुनासो गरे । लकडाउनअघि रु ३५० भाडा लिएको ठाउँमा अहिले रु ५०० सम्म लिन थालेका छन् । तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालको गुनासो छ ।

    सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोएको भए पनि सिमकोटदेखि अन्तरपालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरीरुपमा यात्रुबाट भाडा लिन थालेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिने गरेको यात्रुले बताएका छन् । “मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा भएकै छ”, हमालले भने ।

    गाडी चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन, सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ ।

    जीप चालकले यात्रुबाट बढी भाडा लिने गरेका विषयमा अनुगमनसमेत नभएको पाइन्छ । सदरमुकाम सिमकोट मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको भए पनि सदरमुकाम बाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुलाई थप समस्या निम्त्याएको छ । भाडा बढी लिएका विषयमा सम्बन्धित सरोकारवाला निकायले कुनै चासो नराखेको हमालले गुनासो गरे ।

    २०७८, भाद्र ४ शुक्रवार०३:२८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार