देवानगञ्जबाट नक्कली रुपैयाँसहित दुई जना पक्राउ

देवानगञ्जबाट नक्कली रुपैयाँसहित दुई जना पक्राउ

२०७८, भाद्र ५ शनिवार

  • 1.1K
    SHARES

  • देवानगञ्जबाट नक्कली रुपैयाँसहित दुई जना पक्राउ

    इनरुवा, ५ भदौ । जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाहीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत विहार राज्य अररिया रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

    इलाका प्रहरी कार्यालय देवानगञ्जबाट गोप्य सूचनाका अधारमा खटिएको प्रहरीको टोलीले बी आर ५० एस ८४०६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाको साथबाट प्रहरीले रु १०० दरको नेपाली नक्कली नोट १६ थान अर्थात् कूल रु एक हजार ६०० बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । 

    पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ ।

    २०७८, भाद्र ५ शनिवार०८:३३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार