काठमाडौं । चर्चित हाँस्यकलाकार शम्भुराज थापा(बखते) को कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । थापामा एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको थियो ।
त्यसयता पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेपनि ६६ वर्षीय थापाको उपचारकै क्रममा आज बिहान ४:४० बजे निधन भएको हो ।
थापाले हास्य टेलिश्रृंखलाहरू- हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए ।