दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति दुई मुख्य पार्टी असहमत

दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति दुई मुख्य पार्टी असहमत

२०७८, भाद्र ६ आइतवार

  • 1.0K
    SHARES

  • दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति दुई मुख्य पार्टी असहमत

    झापा । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिका समेतलाई गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् ।

    नगरका दुई प्रमुख पार्टी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति असहमति जनाएका हुन् । राप्रपा कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाले एकलौटी र मनोमानी ढङ्गले उपमहानगरपालिका बनाउने एकल निर्णयप्रति असहमति रहेको बताए ।

    राप्रपाले आज जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विगतमा कमललाई दमकमा गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान भन्दा पटक पटक बेवास्तासमेत गरिएको तर अहिले आएर फेरि उपमहानगरपालिका बनाउने प्रस्ताव कसरी आयो ?’

    यसै गरी एमालेले पनि कमललाई एकतर्फी रुपमा दमकमा समावेश गरी उपमहानगरपालिका बनाउने प्रस्तावप्रति आपत्ति जनाएको छ । नगरपालिकाले सहअस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाईसमेत थाहै नदिई गरेको निर्णयप्रति दुःख व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    पार्टीका गाउँ कमिटी अध्यक्ष भीमप्रसाद राई र सचिवहरि ढकालले संयुक्त विज्ञप्ति जारी गरी भनिएको छ, ‘दीर्घकालीन महत्त्वका विषयमा निर्णय लिन जाँदा समान र सहअस्तित्वको नीतिअङिकार गर्न आग्रह गर्दछौ ।’

    नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६ औँ बैठकबाट उक्त गाउँपालिका र नगरपालिकालाई समावेश गरी उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो । त्यस निर्णयलाई थप कारबाहीका लागि नगरपालिकाले सङ्घीय मन्त्रालयमा पत्राचारसमेत गरिसकेको जनाएको छ ।

    २०७८, भाद्र ६ आइतवार१२:५४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार