राहतका पर्खाइमा गोबरगाढाका बाढीपीडित

राहतका पर्खाइमा गोबरगाढाका बाढीपीडित

२०७८, भाद्र ७ सोमवार

  • 1.5K
    SHARES

  • राहतका पर्खाइमा गोबरगाढाका बाढीपीडित

    राजविराज । लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित  भोकभोकै बस्न बाध्य छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् ।  

    कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद, रामस्वरुप, हरिबोध, रामानन्द, कुशेश्वर, भुवनेश्वर , सन्तोश, महेन्द्र यादवलगायतका घर जलमग्न भएको थियो ।
      
    अझै घर आँगनमा दुई÷तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ । स्थानीयवासी सीताराम यादवले भने, “खाद्यान्न पनि सकिन लाग्यो । के खाएर छाक टार्ने ?” प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारीदिँदै आवश्यकताअनुसार शीघ्र राहत वितरण गरिने जानकारीदिए । 

    २०७८, भाद्र ७ सोमवार०८:३४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार