मुख्यमन्त्री केसीलाई विश्वासको मत

मुख्यमन्त्री केसीलाई विश्वासको मत

२०७८, भाद्र ७ सोमवार

  • 1.0K
    SHARES

  • मुख्यमन्त्री केसीलाई विश्वासको मत

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत  लिएका छन् ।

    सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । 

    प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराए ।

    ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहेका थिए । नेकपा (एमाले)ले सदन बहिष्कार गरेको थियो ।

    सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे ।

    उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए । 

    २०७८, भाद्र ७ सोमवार०६:४७:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार