चाडका पूर्व राष्ट्रपति हाब्रेको सेनेगलमा निधन

चाडका पूर्व राष्ट्रपति हाब्रेको सेनेगलमा निधन

२०७८, भाद्र ९ बुधवार

  • 1.3K
    SHARES

  • चाडका पूर्व राष्ट्रपति हाब्रेको सेनेगलमा निधन

    डकार । युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रेको ७९ बर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताएका छन् ।  

    “हाब्रे भगवान्को साथमा लीन हुनुभयो,” सालले टेलिभिजन च्यानल टीएफएमसँग भने । सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उनको कोभिड–१९ को कारण मृत्यु भएको बताएको छ । 

    सन् १९८२ देखि १९९० सम्म चाडमा शासन गरेका हाब्रेलाई सन् २०१६ मा सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित मुद्दामा युद्ध अपराध र मानवता विरुद्ध अपराधको अभियोग लगाइएको थियो । उनले सन् १९८२ मा चाडमा सत्ता कब्जा गरी करिब आठ बर्ष चाडको राष्ट्रपति बनेका हाब्रे सन् १९९० मा सत्ताच्यूत भएपछि सेनेगलतर्फ भागेका थिए । 

    विरोधीहरूलाई क्रुर यातना र मृत्युदण्डलगायत दमनकारी नीति लिएको भन्दै हाब्रेको शासनकाल चाडका जनताको भलाइमा नभएको निश्कर्ष उनका विरोधिहरूले बताउने गरेका छन् । मरुभूमी क्षेत्रमा रहेको मुलुक चाडमा हाब्रेको कार्यकालमा करिब ४० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ । 

    ‘अफ्रिकाको पिनोशे’ भनेर चिनिने भूतपूर्व तानाशाह सन् २०१३ मा गिरफ्तार गरिनुपूर्व डाकार निर्वासनमा आफ्नी पत्नी र छोराछोरीसित बजारको उपनगरमा शान्त जीवन बिताउँदै आएका थिए ।- एजेन्सी ।

    २०७८, भाद्र ९ बुधवार०८:०४:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार