प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

२०७८, भाद्र १० बिहिवार

  • 1.0K
    SHARES

  • प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

    मोरङ । नेकपा (एमाले)संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । 
     
    उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । 
     
    सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

    यसअघि आचार्य आजै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन भएका थिए ।

    २०७८, भाद्र १० बिहिवार०१:५७:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार