बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

२०७८, भाद्र ११ शुक्रवार

  • 1.6K
    SHARES

  • बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

    बागमती । बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ । 

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । 

    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

    प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो । 

    २०७८, भाद्र ११ शुक्रवार०४:२८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार