नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

२०७८, भाद्र १४ सोमवार

  • 1.2K
    SHARES

  • नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

    काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए ।  

    अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उनले बताए । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् । 

    २०७८, भाद्र १४ सोमवार०९:५४:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार