सार्वजनिक पुस्तकालयको सबलीकरणमा जोड

सार्वजनिक पुस्तकालयको सबलीकरणमा जोड

२०७८, भाद्र १५ मंगलवार

  • 1.2K
    SHARES

  • सार्वजनिक पुस्तकालयको सबलीकरणमा जोड

    काठमाडौँ । ‘सबल समाजको आधार  सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यसहित आज चौधौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।
      
    कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा मनाइएको दिवसका अवसरमा विभिन्न क्षेत्रका सार्वजनिक पुस्तकालयलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।

    कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गोर्खा भूकम्प र विभिन्न कारणले क्षतिग्रस्त तथा कोभिड–१९ का कारण प्रभावित पुस्तकालयको संरक्षण र पुस्तकको डिजिटलाइजेशन गर्ने चुनौती रहेको बताए।
     
    विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले चिताइ तहबिल नामक पुस्तकालय स्थापनाका लागि लालमोहर लगाएको दिनको सम्झनामा विसं २०६५ देखि यो दिवस मनाउन थालिएको हो ।

    पुस्तकालयका माध्यमबाट ऐतिहासिक दस्तावेजहरुको संरक्षण, सम्वद्र्धन र उचित प्रयोग गर्ने ध्येयले सो हनुमानढोका दरबारभित्र उक्त तहबिलको स्थापना गरिएको थियो । दिवसकै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस्तकालयको विषयसँग सम्बन्धित लेख,रचना समेटेर विशेषाङ्कको प्रकाशन गरेको छ ।

    २०७८, भाद्र १५ मंगलवार०४:३६:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार