सभापति रायद्वारा भवन बनाउन रु एक करोड बराबरको जग्गादान

सभापति रायद्वारा भवन बनाउन रु एक करोड बराबरको जग्गादान

२०७८, भाद्र १६ बुधवार

  • 845
    SHARES

  • सभापति रायद्वारा भवन बनाउन रु एक करोड बराबरको जग्गादान

    महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गरेका छन् ।

    औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने सो जग्गा उनले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरिदिएको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए ।  उनका अनुसार सो जग्गा करिब रु एक करोड मूल्य बराबरको रहेको बताइएको छ ।

    “हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौँ”, उनले भने, “सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ ।” 

    आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले जानकारी दिए । “म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे”, उनले भने, “ आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गा दान गरेँ ।” अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको उनले बताए । नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिए । “जग्गा प्राप्त भएको छ”, उनले भने, “भवन चाँडै बन्ने गरी काम थाल्नेछौँ ।” 

    २०७८, भाद्र १६ बुधवार०७:३८:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार