मन्त्री यादवद्वारा कार्यभार ग्रहण

मन्त्री यादवद्वारा कार्यभार ग्रहण

२०७८, भाद्र १६ बुधवार

  • 1.1K
    SHARES

  • मन्त्री यादवद्वारा कार्यभार ग्रहण

    धनुषा । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विजय यादवले आज पदभार ग्रहण गरेका छन् । यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।

    सो अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका थिए ।

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए । मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

    अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरी सकेका छन् ।

    २०७८, भाद्र १६ बुधवार०३:५५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार