गड्डाचौकी सीमा नाकामै लगाइँदै कोरोना विरुद्धको खोप

गड्डाचौकी सीमा नाकामै लगाइँदै कोरोना विरुद्धको खोप

२०७८, भाद्र १८ शुक्रवार

  • 977
    SHARES

  • गड्डाचौकी सीमा नाकामै लगाइँदै कोरोना विरुद्धको खोप

    कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।

    सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । 

    “एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।”

    सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ । दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने  गरेका छन्  ।

    खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या  देखिएको छैन । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो ।

    कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

    २०७८, भाद्र १८ शुक्रवार१२:५४:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार