काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षणमा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षणमा १ सय १३ गरी कुल १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको छ ।