सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या

सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या

२०७८, भाद्र २१ सोमवार

  • 1.5K
    SHARES

  • सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या

    किमाथाङ्का । सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो । 

    प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

    आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । 

    सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    २०७८, भाद्र २१ सोमवार०१:११:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार