कोरोना अपडेट : थप १,८९७ जनामा संक्रमण, २० जनाको मृत्यु

कोरोना अपडेट : थप १,८९७ जनामा संक्रमण, २० जनाको मृत्यु

२०७८, भाद्र २१ सोमवार

  • 797
    SHARES

  • कोरोना अपडेट : थप १,८९७ जनामा संक्रमण, २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षणमा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षणमा ४ सय ९ गरी कुल १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् ।

    २०७८, भाद्र २१ सोमवार०५:०५:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार