राजविराजमा कृषि विश्वविद्यालय बन्ने

राजविराजमा कृषि विश्वविद्यालय बन्ने

२०७८, भाद्र २८ सोमवार

  • 2.7K
    SHARES

  • राजविराजमा कृषि विश्वविद्यालय बन्ने

    राजविराज । प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि  यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ । 

    आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारीदिए । विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उनले बताए। उनले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिए । 

    उनले भने, “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ  । यसका लागि  रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिए । 

    यसैगरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ । 

    २०७८, भाद्र २८ सोमवार०८:५२:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार