काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३३७ जना गरी कुल १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ छ ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।