जिसस सदस्यको निधनमा शुक्लाफाँटामा सार्वजनिक बिदा

जिसस सदस्यको निधनमा शुक्लाफाँटामा सार्वजनिक बिदा

२०७८, भाद्र ३१ बिहिवार

  • 989
    SHARES

  • जिसस सदस्यको निधनमा शुक्लाफाँटामा सार्वजनिक बिदा

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।  

    पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका थिए । पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए । 

    २०७८, भाद्र ३१ बिहिवार०७:५८:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार