लहानबाट पाँच किलो चाँदीसहित दुई पक्राउ

लहानबाट पाँच किलो चाँदीसहित दुई पक्राउ

२०७८, भाद्र ३१ बिहिवार

  • 1.0K
    SHARES

  • लहानबाट पाँच किलो चाँदीसहित दुई पक्राउ

    लहान । ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । 

    २०७८, भाद्र ३१ बिहिवार०८:४२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार