जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

२०७८, आश्विन २ शनिवार

  • 1.0K
    SHARES

  • जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

    काठमाडौँ । काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । 

    जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

    उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ । 

    २०७८, आश्विन २ शनिवार०१:४३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार