एमिकस क्युरी छिटो पठाउन सर्वोच्च अदालतको आदेश

एमिकस क्युरी छिटो पठाउन सर्वोच्च अदालतको आदेश

२०७८, आश्विन ८ शुक्रवार

  • 1.0K
    SHARES

  • एमिकस क्युरी छिटो पठाउन सर्वोच्च अदालतको आदेश

    काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको संवैधानिक इजलासमा हुने सुनुवाइबाट अलग हुने प्रधानन्यायाधीशको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ लम्बिएको छ ।

    अधिवक्ता डा. गणेश रेग्मी लगायतले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आन्तरिम आदेश दिएका थिए ।

    विपक्षीहरुको लिखित जवाफ आएपछि शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा पेशी चढेको थियो ।

    तर नेपाल बार एशोसिएसनले एमिकस क्युरी नपठाएका कारण सुनुवाइ हुन सकेन । एमिकस क्युरी पठाउन आदेश भएको सर्वोच्च प्रशासनले बताएको छ ।

    २०७८, आश्विन ८ शुक्रवार०४:०९:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार