गाउँ र नगरमा भिजनसहितको नेतृत्व छान्न प्रकाशमानको अपिल

गाउँ र नगरमा भिजनसहितको नेतृत्व छान्न प्रकाशमानको अपिल

२०७८, आश्विन ९ शनिवार

  • 1.4K
    SHARES

  • गाउँ र नगरमा भिजनसहितको नेतृत्व छान्न प्रकाशमानको अपिल

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गाउँरनगरमा भिजनसहितको नेतृत्व छान्न अपिल गरेका छन्।

    आजबाट सुरु भएको गाउँरनगर अधिवेशनको शुभकामना सन्देश जारी गर्दै सिंहले यस्तो अपिल गरेका हुन्।

    नेपाली काँग्रेसको आजबाट सुरु हुन गइरहेको गाउँपालिकारनगरपालिकाका अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् रूपमा अघि बढाउन अपिल गर्दछु।

    साथै पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन पनि महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी छ, सन्देशमा सिंहले भनेका छन्, त्यसैले नेता छनोटमा विशेष ध्यान दिई पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्नु हुनसमेत अपिल गर्दछु।

    नेता सिंहले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको अर्को विकल्प नभएको उल्लेख गर्दै सबैले आ-आफ्नो ठाउँबाट महाधिवेशन सुनिश्चितताका लागि इमानदार प्रयास गर्नसमेत आग्रह गरेका छन्।

    २०७८, आश्विन ९ शनिवार१०:३१:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार