स्रोत नखुलेको ९५ लाखसहित नागढुंगाबाट २ जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित नागढुंगाबाट २ जना भारतीय नागरिक पक्राउ

२०७८, आश्विन ९ शनिवार

  • 929
    SHARES

  • स्रोत नखुलेको ९५ लाखसहित नागढुंगाबाट २ जना भारतीय नागरिक पक्राउ

    काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

    चन्द्रागिरि नगरपालिका(२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।

    उनीहरू चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ख ६६४५ नम्बरको हाइसको ८ र ९ नम्बर सिटमा थिए । प्रहरी प्रभाव नागढुंगाको टोलीले चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो ।

    पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँ राखेर अनुसन्धान सुरु गरिएको छ ।

    २०७८, आश्विन ९ शनिवार१२:३३:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार