महिला शसक्तिकरणका सम्बन्धमा अन्तर -संवैधानिक निकायका पदाधिकारीहरु बिच छलफल

महिला शसक्तिकरणका सम्बन्धमा अन्तर -संवैधानिक निकायका पदाधिकारीहरु बिच छलफल

२०७८, आश्विन ९ शनिवार

  • 1.1K
    SHARES

  • महिला शसक्तिकरणका सम्बन्धमा अन्तर -संवैधानिक निकायका पदाधिकारीहरु बिच छलफल

    काठमाडौं । राष्ट्रिय महिला आयोगले महिलाका हक, अधिकार र सशक्तिकरणका विषयमा महत्वपूर्ण कार्यक्रम संचालन गरेको छ । 

    शुक्रवार आयोगकी अध्यक्ष कमला पराजुलीको अध्यक्षतामा संचालित कार्यक्रममा सम्पूर्ण राष्ट्रिय तथा सामुदायिक आयोगका सचिव एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

    :संवैधानिक आयोगहरु विचमा महिलाका सम्बन्धमा साझा नीति तथा कार्यक्रम बनाउन सके मात्र महिला हिंसा कम गर्न सकिन्छ", आयोग अध्यक्ष पराजुलीले कार्यक्रम संचालन गर्दै भनेकी थिइन् । 

    महिलाका सम्बन्धमा सबै आयोगहरुलाई एकै ठाउँमा बसालेर छलफलको आरम्भ गरेकोमा उपस्थित अन्य आयोग पदाधिकारीहरुले खुशी व्यक्त गरेका थिए । 

    प्रत्येक महिनामा यस्ता छलफल कार्यक्रम आयोजना गर्दा महिला हिंसा पनि कम हुने दलित आयोगकी पदाधिकारी मिना सुनुवारको भनाई थियो । 

    अन्तरजातिय विवाहबाट हुने समस्या कल्पना गरेभन्दा बढि पिडादायी रहेको बक्ताहरुले राखेका थिए ।

    समस्या र न्युनिकरणका विषयमा पदाधिकारीहरुले जोडदिएका थिए भने नीति तथा कार्यक्रम बनाउने कुरामै थप अध्ययन गर्नु पर्ने जोड सचिवहरुले दिएका थिए । 

    २०७८, आश्विन ९ शनिवार०२:५९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार