एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

२०७८, आश्विन १४ बिहिवार

  • 1.1K
    SHARES

  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् ।  

    अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको छ । केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्वप्रधानमन्त्री नेपाललाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको गौतमले बताए ।  

    स्वास्थ्य संवेदनशीलताका कारण उनीसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको बताइएको छ ।

    २०७८, आश्विन १४ बिहिवार०७:१२:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार